विश्वभर कोरोनो संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

न्युजलय १३ कार्तिक २०७८, शनिवार ०६:५८ मा प्रकाशित

काठमाडौँ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ ।


ओल्डोमिटरको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको कुल संख्या ५० लाख ३ हजार ९०१ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ५५३ संकमितको मृत्यु भएको छ ।


मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३५ र रुसमा एक हजार १६३ जना छन् ।


हालसम्म कोरोनाका कुल संक्रमितको संख्या २४ करोड ६७ लाख २० हजार २२० छ भने तीमध्ये २२ करोड ३५ लाख ११ हजार ९७७ जना निको भइसकेका छन् ।