काठमाडौँ । मौरिटनियामा एउटा जहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको मृत्यु भएको छ । राजधानी नौआकचोट नजिकै भएको दुर्घटनामा १९० जना बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले बताएको छ ।
आफूहरूले १०३ जना आप्रवासीको उद्धार गरेको र २५ जनाको शव फेला पारेको मौरिटनियाली तट रक्षकका एक कमाण्डरले भनेका छन् । जुलाई २२ मा पल्टिनुअघि झन्डै ३०० जना काठको डुङ्गा चढेर गाम्बियाबाट हिँडेका थिए ।
उनीहरूले समुद्रमा सात दिन यात्रा गरेको आइओएमले जनाएको छ । तट रक्षकहरू आइपुग्नु अघि नै १५ जनाको मृत्यु भइसकेको थियो । गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएका अरू १० जनाको मृत्यु भएको थियो ।