झापामा गौहत्या गर्ने तामाङ पक्राउ

न्युजलय १३ मङ्सिर २०८१, बिहिबार ११:४३ मा प्रकाशित

झापा । झापाको अर्जुनधारामा गौहत्या भएको छ।

अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गौहत्या गरिरहेको अवस्थामा गएराति एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५० वर्षीय राम तामाङ रहेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ। यसअघि मंगलवार कन्काई ३ टप्पुमा लैनो गाईको हत्या भएको थियो।

त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।