नेप्से ३०.७५ अंकले बढ्यो

न्युजलय १७ कार्तिक २०८२, आइतबार ०३:२३ मा प्रकाशित

काठमाडौं ।  आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ को विन्दुमा आईपुगेको छ । 

नेप्सेमा यसदिन ३०० कम्पनीको २ करोड ९७ लाख ३८ हजार  १३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ ।

आज २०५ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । 

आज हिमालयन बैंकको संस्थापक सेयर सर्वाधिक १ अर्ब ६६ करोडको कारोबार भएको छ ।