ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

न्युजलय २४ कार्तिक २०८२, आइतबार ०१:०७ मा प्रकाशित

उदयपुर ।  थ्रेसर मेसिन जडान भएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। 

आज बिहान त्रियुगा नगरपालिका–५ गेरुवाई खोला नजिक स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टरमा सवार ५८ वर्षीय दमसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

त्रियुगा नगरपालिका–५ पिपलचौरीका राई दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको ट्याक्टर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखिएको छ। चालक घटनास्थलबाटै फरार रहेकोले खोजतलासको भइरहेको प्रहरीले जनाएको छ ।