२०७८ साल मङ्सिर १३ गते सोमबार

एमाले केन्द्रीय सदस्यको उम्मेदवारी दिँदै इटहरीका मेयर द्वारिकलाल

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०९:५५ मा प्रकाशित
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

नेकपा एमाले सुनसरी जिल्ला अध्यक्षसमेत भइसकेका चौधरीले थारु कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् । महाधिवेशनमा थारु कोटाबाट जम्मा ४ जना निर्वाचित हुने व्यवस्था छ । जसमा दुई जना महिला र दुई जना पुरुष हुनेछन् । 

मेयरको कार्यकालभरी आफ्नो काम गराइ तथा भनाईको कारण चर्चित बनेका चौधरीले आफू केन्द्रिय सदस्य बन्ने र प्रतिनिधिहरुले समेत जिताउने विश्वास व्यक्त गरे । 

निकै हक्की स्वभावका भ्रष्टाचारविरोधी मेयर चौधरी पार्टी विधान र नियमको पक्षमा उभिँदै आएका छन् ।