नेप्सेमा ९.१४ अंकको वृद्धि

न्युजलय १९ असार २०८२, बिहिबार ०३:५९ मा प्रकाशित

काठमाडौं । आज नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोडको सेयर कारोबार भएको छ । 

आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९।९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.१७ र समृद्धि फाइनान्सका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।