काठमाडौं । फिफा विश्वकप २०२२ का लागि कतारले नेपाली कामदारको माग गरेको छ ।
नेपाल सरकारले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि आवश्यक हुनसक्ने कामदार नेपालबाट लैजान अनुमति दिने निर्णय गरिसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।
यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न इच्छुक रोजगारदाता कम्पनीहरूलाई दूतावासको श्रम शाखामा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छोटो अवधिका लागि कतार जाने कामदारहरूलाई श्रम स्वीकृति प्रदान गरेरै पठाउने तयारी थालेको छ।
आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकपका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।