शेयर बजार ४९ अङ्कले बढेर २५ सय विन्दुमाथि

न्युजलय ९ असोज २०८१, बुधबार ०३:२६ मा प्रकाशित

  काठमाडौँ ।  शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १८ अङ्कले बढेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज विन लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् कम्पनी र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन हिमालयन हाइड्रोपावर र स्वरोजगार लघुवित्त कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । हिजो साढे पाँच अर्बको कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका एक करोड २४ लाख कित्ता शेयर चार अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएका छन् ।