विराटनगर । मोरङको जहदामा पोखरीमा एक जना पुरुषको शव भेटिएको छ। जहदा गाउँपालिका–५ केवरत टोलका ६० वर्षीय सतन महतो मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
घरनजिक रहेको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।