खुल्यो शेयर बजार

न्युजलय ३१ असोज २०७८, आइतबार १२:२० मा प्रकाशित

काठमाडौं । दशैं बिदा पछि आइतबार(आज) देखि शेयर बजार खुला भएको छ । 

नेपाल स्टक एक्सचेञ्जले आजदेखि कारोबार खुला गरेको हो । दशैं बिदा पछि खुलेको बशेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको छ ।

कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अंक बढीले उकालो लागेको छ ।