भरुवा बन्दुकसहित शेर्पा पक्राउ

न्युजलय २७ मङ्सिर २०८१, बिहिबार १२:२६ मा प्रकाशित

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा लोड गरेको एक थान भरुवा बन्दुक र ५० ग्राम बारुद बरामद गरेको हो ।

भरुवा बन्दुकसहित पक्राउ परेका शेर्पाको जिल्ला प्रहरी कार्यालय संखुवासभावाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।