आज शहीद दिवस, सार्वजनिक बिदा

न्युजलय १६ माघ २०८१, बुधबार ०६:४५ मा प्रकाशित

काठमाडौं । आज माघ १६ गते अर्थात शहीद दिवस । नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरूको सम्मानमा बुधबार (माघ १६)गते शहीद दिवस मनाइँदैछ । 

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइन्छ । 

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा  शहीद शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । यस्तै गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । 

शहीद दिवसको अवसरमा सरकारले देशभर आज सार्वजनिक बिदा समेत दिएको छ ।