२०७८ साल माघ ६ गते बिहिबार

नयाँ कोरोना भाइसरलाई अहिलेको भ्याक्सिनले नरोक्न सक्छ : विज्ञ

न्युजलय १३ मङ्सिर २०७८, सोमबार ०९:१४ मा प्रकाशित

काठमाडौं । कोरोनाभाइरसको नयाँ परिवर्तित रुप बी ११५२९ (ओमिक्रन) संक्रामक र आक्रामक दुवै भएकाले कोभिड भ्याक्सिनले काम नगर्न नसक्ने शंका गरिएको छ । 

वरिष्ठ नाक, कान र घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलसमेत अहिलेको नयाँ कोरोना भाइरस निकै संक्रामक र आक्रामक देखिएकाले अहिलेको भ्याक्सिनको उपयोग हुन्छ कि हुँदैन, भन्ने कुरामा आशंका रहेको बताएका छन् ।

विवाह तथा राजनीतिक चाडपर्व महाधिवेशन र सम्मेलनका कारण कोरोना चाँडो फैलिने र त्यसले भयावह रुप लिनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

नयाँ म्युटेन्ट देखिएको अफ्रिकाबाट नेपालकै केही ठूला मानिस फर्किएको तर संक्रमणबारे भने खुलेको छैन ।