धनकुटा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटामा एक युवक पक्राउ परेका छन् ।
धनकुटा नगरपालिका–३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ गैरीटोलका २१ वर्षीय लिलाबहादुर विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
लिलाबहादुरले बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको प्रहरीले जनाएका छ । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।