शक्ति बढाउने प्राणायाम गर्ने तरिका

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०७:२१ मा प्रकाशित

प्राणायाम एक प्रकारको श्वासको क्रिया हो । प्राणायामबाट शारीरिक तथा मानसिक स्वस्थता प्राप्त गर्न सकिन्छ । कतिपय प्राणायाम विभिन्न रोगको निवारणमा मात्र होइन, शरीरमा शक्ति बढाउन पनि उपयोगी मानिन्छ । शरीरमा शक्ति बढाउन कसरी गर्ने त प्राणायाम ?

– चिउँडोलाई करङको बिच छातीको माथि दुइटा व्यूटिबोनको बिच (कण्ठ कूप)मा जोड्ने ।

– त्यसपछि कहिबेर कुम्भक गर्ने ।

– अब बायाँ नातृलाई बुडी औँलाले बन्द गरेर दायाँ नातृबाट श्वास तान्ने ।

– अब अनामिका र कान्छी औँलाले दायाँ नातृलाई बन्द गरेर बायाँ नातृबाट श्वास बाहिर निकाल्ने ।

– अर्को प्राणायाममा यसको उल्टो गर्ने अर्थात् बायाँबाट श्वास तानेर दायाँबाट निकाल्ने ।

यसरी हरेक प्राणायामपछि उपर्युक्त बदल्ने क्रम राख्ने अर्थात् एक पटक दायाँबाट तान्ने र बायाँबाट छोड्ने, अर्को पटक बायाँबाट तानेर दायाँबाट छोड्ने, अर्को पटक पुन दायाँबाट तान्ने र बायाँबाट छोड्ने ।