थप एक जना नेपालीमा मङ्कीपक्स पुष्टि

न्युजलय १५ पुस २०८१, सोमबार ०६:४७ मा प्रकाशित

  काठमाडौँ ।  थप एक जना नेपालीमा मङ्कीपक्स अर्थात एमपक्स पुष्टि भएको छ ।

 साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको थियो । मङ्कीपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ ।

सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा र बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ, सङक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।