सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित

न्युजलय ३१ असार २०८२, मङ्गलबार ०४:५९ मा प्रकाशित

धरान । सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्षमा गोपाल श्रेष्ठ विजयी भएका छन् । 

गोपाल  श्रेष्ठले १६०५ प्राप्त गरी विजयी भएका हुन भने उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६४७ मत मात्रै प्राप्त गरेका छन् । गोपाल श्रेष्ठले ९५८ मतको फराकिलो मतान्तरले जितेका हुन ।

उद्योग सदस्य तर्फ कृष्ण प्रसाद पाठकले ४८१,प्रभाव खतिवडाले ५०३,विष्णु बरालले ५५०,महेन्द्र प्रधानले ५४६,मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदका लागि उमेश अग्रवालले २१३,खड्ग बहादुर बस्नेत (राजु)ले २१६, शिवानन्द साहले २६१ मात्र प्राप्त गरेका थिए ।

वाणिज्य महिला तर्फ वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गरी विजयी भएकी छिन् । 

एसोसिएट तर्फ शिवराज श्रेष्ठ प्यानलका  राजु साहले ८५,राजेश अग्रवालले ८० र गोपाल श्रेष्ठको प्यानलका  ललित अग्रवालले११७ मत प्राप्त गरेर विजयी भएका छन् ।

सोही पद तर्फ गोपाल श्रेष्ठ प्यानलका अशोक जैनले ६२  र मनिष अग्रवालले ५९ मत मात्र प्राप्त गरे ।

यसैगरी उद्योग महिला तर्फ मिना राई(मगर) र बस्तुगततर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भएका थिए ।