२०७८ साल माघ ६ गते बिहिबार

सुनसरीमा ६८ सहित प्रदेश १ मा आज थप ३७९ जनामा कोरोना पुष्टि

न्युजलय ३० पुस २०७८, शुक्रबार ०६:४९ मा प्रकाशित
इटहरी । सुनसरीमा ६८ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण भएको हो।
 
प्रदेश १ मा आज २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८ महिला र १७ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १३७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।