२०७८ साल माघ ६ गते बिहिबार

प्याब्सन प्रदेश १ को अध्यक्षमा ढकाल निर्वाचित

न्युजलय ३० पुस २०७८, शुक्रबार ०८:५९ मा प्रकाशित
इटहरी । मोरङको उर्लाबारीमा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश न.१ को अधिवेशनबाट अध्यक्षमा टिकाराम ढकाल सर्बसम्मत निर्वाचित भएका छन् । 

प्रदेश प्याब्सनको तेस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुमित थापा, उपाध्यक्षमा ज्ञानकुमार दाहाल तथा अर्जुन बस्नेत निर्वाचन भएका छन् । साथै सचिवमा कोषराज प्याकुरेल, कोषाध्यक्षमा राजेश आचार्य, सह सचिव विष्णुप्रसाद कोइराला, सह कोषाध्यक्षमा युसुभ पाण्डे निर्वाचित भएका हुन् ।

त्यसैगरि प्याब्सन प्रदेश अधिवेसनबाट सदस्यहरुमा भानुभक्त राजवंशी, ज्ञानकुमार पलङ लिम्बु, रुक्मीणा गौतम (कोपिला), निश्चलराज शाक्य तथा भुवन श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । १३ जानाको प्याब्सन प्रादेशिक नयाँ कार्य समिति चयनको अधिवेशनमा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी रहेका थिए ।