कोशीका आन्तरिक मामिला मन्त्री अधिकारीले देखाए नैतिकता, बुझाए राजिनामा

न्युजलय २१ कार्तिक २०८१, बुधबार ०१:०४ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले नैतिकताको आधारमा राजीनामा दिएका छन् । बिना सहमती जापान गएको विषयमा विवाद भएपछि अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजिनामा पत्र बुझाएका हुन् । 


मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारीले तिहार बिदाका कारण औपचारिक जानकारी गराउन नसकेको बताएका छन् । उनले टिका टिप्पणी भएकाले नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन् ।


उनी जापानको राजधानी टोकियो महानगरले आयोजनामा गरेको कार्यक्रमका लागि जापान गएका थिए । फर्केपछि उनले पत्रकार सम्मेलन गरेरै राजिनामा बुझाएका हुन् ।