काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना निको भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।