इटहरीका सामुदायिक विद्यालयमा नर्सिङ सेवा कार्यक्रम सुरू

न्युजलय २८ मङ्सिर २०८१, शुक्रबार ११:५६ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ सेवा कार्यक्रम सुरू भएको छ ।

कार्यक्रम अन्तर्गत इटहरीका ३६ वटा सामुदायिक विद्यालयमा यो सेवा सुरू भएको हो ।

विद्यालयमा प्राथमिक र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न खटाउने गरी इटहरी उपमहानगरपालिकाले १९ जना स्टाफ नर्स नियुक्त गरेर नर्सिङ सेवा कार्यान्वयनमा ल्याएको हो ।

कार्यक्रम अनुसार नर्सहरूले सामुदायिक विद्यालयमा स्वास्थ्य सम्बन्धी प्रवर्द्धनात्मक सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् ।