विराटनगर । विराटनगरमा एक फार्मेसी सञ्चालकमाथि छुरा हानिएको छ ।
नोबेल हस्पिटल अगाडि रहेको मायालु फार्मेसीका सञ्चालक सुभाषप्रसाद सिंहमाथि छुरा प्रहार भएको हो । चन्दा नदिएको आरोपमा सिंहमाथि छुरा हानिएको प्रहरीले जनाएको छ । गम्भिर घाइते सिंहको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार विराटनगर–७ का ‘काले’ भनिने विश्वास मण्डल नेतृत्वको समूहले सिंहलाई छुरा हानेका हुन् । सो समूहले विराटनगरमा रहेको फार्मेसीहरूबाट हप्ता असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मुख्य अभियुक्त विश्वास मण्डललाई घटनामा प्रयोग भएको छुरासहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।