२०७८ साल माघ ६ गते बिहिबार

अर्जुन कपुरलाई दोस्रो पटक कोरोना संक्रमण

न्युजलय १४ पुस २०७८, बुधबार ०७:३८ मा प्रकाशित
काठमाडौं । बलिउड अभिनेता अर्जुन कपुरलाई दास्रो पटक कोरोना भाइरस संक्रमण भएको छ ।

अर्जुनसँगै उनकी बहिनी अंशुला कपूर, सोनम कपूरकी बहिनी रिया कपूर र उनका पति करण बुलानीलाई पनि कोरोना देखिएको छ । रिपोर्ट आउनुभन्दा दुई दिनअघि अर्जुन करिश्मा कपूरको घरमा आयोजित क्रिसमस पार्टीमा सहभागी भएका थिए ।

मलाइका अरोरा पनि प्रेमी अर्जुन कपूरसँग करिश्माको क्रिसमस पार्टीमा पुगेकी थिइन् । करिश्माको घर बाहिर करिश्माले पापाराजीलाई बिनामास्क धेरै पोज दिएकी थिइन् ।