होबार्टमा खुल्यो ओपाल कलेज

न्युजलय ३१ भदौ २०८१, सोमबार ०७:४४ मा प्रकाशित

होवार्ट । तासमानीयाको होवार्टमा स्थानीय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सेवा दिने उद्देश्यका साथ ओपाल कलेज संचालनमा आएको छ । यहि सेप्टेम्बरदेखि शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने गरी कलेज यसैसाता उद्घाटन गरिएको हो ।


उद्धघाटन समारोहमा बोल्दै कलेजका सिइओ अर्जुन प्रसाईले होबार्टमा विद्यार्थीको रुपमा आएर कलेज सञ्चालनसम्मको यात्रा तय गर्दा आफुले भोगेका अनुभव राखेका थिए । यस्तै उनले गुणस्तरीय शिक्षा प्रदान गर्न यस कलेज सफल हुनेमा विस्वस्त रहेको बताए । कलेजले सबै स्टेकहोल्डरसँग समन्वय गर्दै विद्यार्थीहरुको लक्ष्य प्राप्तिमा महत्वपुर्ण भुमिका खेल्नेसमेत जानकारी दिए । 

  

कार्यक्रममा आरटीओ मेनेजर रवि शाक्यले उपस्थित परमर्शदाताहरुलाई उपलब्ध कोर्सका साथै कलेजले दिने सेवा सुविधा र सहयोगहरुको बारेमा जानकारी दिएका थिए । कलेजका विजनेस डेभलप्मेन्ट म्यानेजर अनिल श्रेष्ठले सबै एजुकेसन पार्टनरहरुसँग सहयोगको आह्वान गर्दै गुणस्तरीय शिक्षा दिने बताए । 


कलेजले कमर्सियल कुकरी, लिडरसिप, हस्पिटालिटी मेनेजमेन्ट, मेनेजमेन्ट लर्निङ जस्ता विषयमा ५२ हप्तादेखि १०४ हप्तासम्मका कोर्षहरु अध्यापन गराउनेछ ।