मेष । आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी पनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार समेत पाउनेछन् ।
वृष । आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
मिथुन । आज सफल यात्राको योग छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले पनि राम्रै फाइदा दिनेछ ।
कर्कट । आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम पनि सम्पन्न हुनेछ ।
सिंह । आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ ।
कन्या । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।
तुला । आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।
वृश्चिक । धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित बनाएर काम बनाउन सकिनेछ ।
धनु । आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मकर । कार्य सम्पादनमा समस्या आउला । आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।
कुम्भ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ कमको अवसर फेला पर्ने छन् । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।
मीन । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । अध्ययन अध्यापन सफल नै रहेको छ ।
स्रोत : हाम्रो पात्रो डटकम