नेप्से ३५ अंकले घट्यो

न्युजलय २१ जेठ २०८२, मङ्गलबार ०३:३४ मा प्रकाशित

काठमाडौँ । नेप्सेमा आज उच्च अंकको गिरावट आएको छ । मंगलबार नेप्से ३५.७३ अंकले घट्दा २६६५ को विन्दुमा बन्द  भएको छ।

३१५ सूचीकृत कम्पनीको १ करोड ५४ लाख कित्ता सेयर खरिद बिक्रि हुँदा ६ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। आज दुई उपसूचक बाहेक सबैको घटेको छ ।

आज सबैभन्दा धेरै राधि विद्युतको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।