घट्यो सुनको मूल्य

न्युजलय ७ भदौ २०८१, शुक्रबार १२:२० मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ५१ हजार ९ सय रहेको थियो । 

त्यस्तै चाँदीको मूल्य शुक्रबार प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।