कोसीमा पानीको बहाव ६ लाख ६० हजार नाघ्यो, कटानको त्रासले रातभरी सुतेनन् स्थानीय

न्युजलय १३ असोज २०८१, आइतबार ०७:१८ मा प्रकाशित

इनरुवा । पानी पर्न रोकिएपनि कोसीमा पानीको बहाव निरन्तर बढिरहेको छ । आईतबार बिहानको मापनअनुसार कोसीमा ६ लाख ६१ हजार ५ क्युसेक पानीको बहाव रहेको छ । 

कोशीले पश्चिम तटबन्धमा कटान सुरु गरेको छ । कटान बढाउँदै लगेर तटबन्ध भत्काएमा ठूलो विपत निम्तिने भन्दै स्थानीयहरू आतंकित बनेका छन् । कोशी वरपर बस्ने हरुले कोशीको यस्तो रूप अहिलेसम्म नदेखेको र रातभरी सुत्न नसकेको स्थानीय पात्रका कृष्ण बहाव भट्टराईले जनाएका छन् ।

२०६४ सालमा कोशीको पूर्वी तटबन्ध भत्किँदा ३० हजार बढी घरपरिवार विस्थापित भएका थिए । त्यतिखेर पानीको बहाव १ लाख ६८ हजार क्युसेक मात्र थियो । पानीको बहाव घट्दै जाँदा कटान बढी गर्ने स्थानीयको अनुभव छ ।