गढी गाउँपालिका ६ मा कांग्रेस उम्मेदवार विजयी

न्युजलय १७ मङ्सिर २०८१, सोमबार ०९:५९ मा प्रकाशित

सुनसरी । सुनसरीको गढी गाउँपालिका –६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् । 


कांग्रेस उम्मेदवार ७३ वर्षीय तेतर साहु ८१६ मत ल्याएर विजयी भए । माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार साहुले ७९४ मत ल्याए भने एमाले उम्मेदवार शन्तु उरावले ७७० मत प्राप्त गरे । रास्वपाका शशि कुमार साहुले ३३ मत ल्याए ।


यो वडामा यसअघि नेकपा एमालेले जितेको थियो । त्यतिबेला एमाले उम्मेदवार सदानन्द उराँव झागरले ७ सय १२ मत प्राप्त गरेका थिए ।