घोषणा पत्र (कविता)
फेरि बीस वर्षपछि
केही दिनको अविरल वर्षाले
अलिक तल
थुप्रै चीज बगाएर ल्याएछ
बगाइ ल्याएछ
ससना बच्चाका,कोक्रा
निप्पल भएका बोतलहरु
फेरि बीस वर्षपछि
केही दिनको अविरल वर्षाले
अलिक तल
थुप्रै चीज बगाएर ल्याएछ
बगाइ ल्याएछ
ससना बच्चाका,कोक्रा
निप्पल भएका बोतलहरु
ए बाढी,
किन तिमी आफ्नु छातीमा
सास र लासलाई
डुङ्गासरह बनाएर
निरन्तर बगिरहेछौं ?
किन तिमीपनि
एउटा क्रुल दानवसरह
जीउदा जीवनहरुलाई
आहार बनाइरहेछौंरु
आखिर किन
तिमी एउटा कवितालाई
सदाको खातिर
मेटाउन चाहन्छौं ?
सब्जी सकिएको थियो कोठा पुरै आमहड्तालमा अनसन बसेको जस्तै लागिरहेथ्यो, रित्ता भाडाकुडाहरुले पनि मै तिर हेरेर गिज्याइरहेथे, अफिसबाट भर्खर आएर थकित ज्यानलाई असरल्ल पछारेको थिए, आन्द्राभुडि जम्मै खाना देको नारा लगाएपनी अल्छी गर्दै सिरानिमुनी हात घुसारेर चुरोट निकालेर सल्काए, के पकाउनु आजको छलफल मनमा चलाउदै....
(एन्तोन चेखब)
भान्का जुकोब, नौ वर्षको एक बालक, जो एल्योहिन भन्ने मोचीकोमा तीन महिनादेखि जुत्ता मर्मत गर्ने काममा अभ्यास गर्दै थियो । क्रिसमसको पूर्वसन्ध्यामा ऊ केही सोचेर बसिरहेको थियो । मालिक–मालिक्नी र तिनका कामदारहरु नआउञ्जेल ऊ पर्खिरह्यो, उनीहरु गइसकेपछि उसले मालिकको दराजबाट एक बोतल....
भ्यालेन्टाइन डेको दिन । सुनसान प्रायः इटहरी चोक । युवा–युवतीहरू फाट्टफुट्ट मात्र भेटिन्थे त्यो दिन । होटलको छ नम्बरको टेबलमा बसिरहेका एक जोडी युवा–युवतीलाई मैले निकै बेरदेखि नियालिरहेको थिएँ ।
लामो कपाल पालेको युवकले आफूसँगै टाँसिएकी युवतीलाई मायालु आँखाले निकै अघिदेखि हेरिरहेको थियो ।....
लालीमा मुस्कानको आचल अघि
प्रिय सम्वोधनको अनमोल रेखा कोरेर
अञ्जुली भरी मायाको सुवास
केहि थुंगा गुलावी पदचिन्हहरु
केहि प्रेमील शब्दहरु तिम्रो लागि
प्रेमको अनुपम श्रृखलावाट
तिम्रो जन्म दिनमा
जुन दिन तिम्रो पैतालाको अनुभव धरर्तीले गरेथ्यो
त्यहि दिनवाट....
कविता :
आज पनि एउटा सानो थोपा
मन मस्तिस्क भित्र को
त्यो
उकुसमुकुस मडारीएको बादल बाट
रहरहरुको छायाचित्र
खसाले
चैत मासको खडेरी झै तिमी
अनी
मरुभुमी झै मन भएको
खोक्रो समाजका बिचमा
त्यो रहरको....
समयको कलिलो डोरि बाटेर
आँशुको नाम्लोले पिरहरुको भारी बोक्छिन् फुलमती
पसिना र आँशुको स्वाद एकै चोटि बुझेकि उसले
मुस्कानको अस्तित्व बन्धकी राखेर जिन्दगी सित
हाँस्न पनि चाहन्छिन्
गर्छीन् कृत्रिम मुस्कानको आविष्कार
दिन थाके पछि
....