इटहरीमा ४३ जना सहित प्रदेश १ मा ३९० जनामा कोरोना पुष्टि

Newslaya Home

इटहरीमा ४३ जना सहित प्रदेश १ मा ३९० जनामा कोरोना पुष्टि

मङ्गलबार २९, भदौ २०७८

इटहरी । इटहरीमा ४३ जना सहित प्रदेश १ मा ३९० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

१ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२, झापामा १०१, सुनसरीमा ६१, इलाममा ८, ताप्लेजुङ, धनकुटा र उदयपुरमा २(२, पाँचथर र खोटाङमा १(१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै, इटहरीमा ४३ जनामा कोरोना संक्रमण देखिएको इटहरी अस्पतालले जनाएको छ ।

प्रदेश १ मा आज ३२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६९ महिला र १५९ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।