नेपाल टेलिकमले पनि आफ्नै मोबाइल वालेट चलाउने

Newslaya Home

नेपाल टेलिकमले पनि आफ्नै मोबाइल वालेट चलाउने

मङ्गलबार २९, भदौ २०७८

काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ नामक मोबाइल वालेट सुरु गर्ने भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मंगलबारबाट ‘नमेस्ते पे’सेवाले आधारभूत सेवा सुरु गर्ने जानकारी दिए ।

‘यूएसएसडी र इन्टरनेटमा आधारित मोबइल एप्सबाट नमस्ते पेको सेवा लिन सकिनेछ,’ उनले भने । एसएएसडी भनेको अहिले स्टार१४१५ह्यास डायल गरेर सेवाका लागि इन्टरनेट नहुँदा पनि गर्न सकिने ‘अनुरोध प्रणाली’ हो ।

टेलिकमसँग ठूलो नेटवर्क छ । करोडभन्दा बढी ग्राहक छन्, । धेरै नागरिकमा बैंकिङ पहुँच नपुगेको अवस्थामा टेलिकमबाटै यो प्रविधि चलाएपछि एउटा ठूलो फड्को मार्न सकिने कम्पनीको विश्वास छ ।