झापामा सिलिण्डर फेर्ने क्रममा आगलागी हुँदा तीन जना घाइते

Newslaya Home

झापामा सिलिण्डर फेर्ने क्रममा आगलागी हुँदा तीन जना घाइते

मङ्गलबार २९, भदौ २०७८

झापा । सिलिण्डर फेर्ने क्रममा आगलागी हुँदा झापाको अर्जुनधारा नगरपालिका–७ मा एकै घरका तीन जना घाइते भएका छन् । खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।

ग्याँस चुहिएर आगलागी भएको बताइएको छ । आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज खनाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको छ ।

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।