इन्जिनियर बन्न रामायण र महाभारत पढ्नुपर्ने

Newslaya Home

इन्जिनियर बन्न रामायण र महाभारत पढ्नुपर्ने

मङ्गलबार २९, भदौ २०७८

भोपाल । भारतको मध्य प्रदेशका कलेजमा भर्ना हुने इन्जिनियरिङका विद्यार्थीहरुले अब महाभारत र रामायण पढ्नुपर्ने भएको छ ।

इन्जिनियरिङ विषयको पाठ्यक्रममा रामायण, महाभारत र रामचरितमानस समावेश गरिएको छ । अध्ययन बोर्डका शिक्षकहरुको उपस्थितिमा एनईपी २०२० अन्तर्गत रामायण, महाभारतसहितको पाठ्यक्रम तयार गरिएको हो । भगवान रामको चरित्र र महाभारतको दर्शनलाई समकालिन कार्यसँग जोड्न चाहनेले इन्जिनियरिङ पाठ्यक्रमअनुसार गौरवशाली इतिहाससमेत अघि बढ्ने उनले बताए ।

यहि शैक्षिक वर्षदेखि लागु हुने गरी जारी गरिएको नयाँ पाठ्यक्रमअनुसार रामायण, महाभारत र रामचरितमानसलाई वैकल्पिक विषयमा राखिएको छ। महाभारत भने अनिवार्य र वैकल्पिक दुवैमा समावेश गरिएको अधिकारीहरुले जनाएका छन् । अंग्रेजी र हिन्दी भाषाको सट्टा योग र ध्यानसमेत पाठ्यक्रममा समावेश गरिएको छ।