वीपी प्रतिष्ठान भ्रष्टाचार : मुद्दा लागेका उपकुलपतिसहित कर्मचारीले अझै छाडेनन् सरकारी निवास

Newslaya Home

वीपी प्रतिष्ठान भ्रष्टाचार : मुद्दा लागेका उपकुलपतिसहित कर्मचारीले अझै छाडेनन् सरकारी निवास

मङ्गलबार २९, भदौ २०७८

धरान । भ्रष्टाचारको आरोप लागेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीले अझै सरकारी निवासमै बसिरहेको पाइएको छ।

दुई उपकुलपतिसहित ९ जना कर्मचारीले सरकारी निवास नछाडेका हुन् ।

अख्तियार स्रोतकाअनुसार भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि उपकुलपति प्राडा बलभद्रप्रसाद दास, प्राडा राजकुमार रौनियार, अस्पताल निर्देशक अरविन्दकुमार सिन्हा लगायत कर्मचारीले सरकारी निवास नछाडेको भेटिएको हो ।

भ्रष्टाचार मुद्दा खेपिरहँदा सरकारी निवासमा बस्ने अन्यमा डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, मेनेजर दिनेशराज दाहाल, चार्टर्ड एकाउन्टेन्ट सिंघान्ची अग्रवाल, सिनियर इडमिनिष्ट्रेटिभ एसिस्टेन्ट मो. सइदुर रहमान, सिनियर क्लर्क रमेशकुमार खतिवडा र चन्द्रकुमार मगर छन् ।

भ्रष्टाचार मुद्दा लागेपछि सो मुद्दाको अन्तिम किनारा नलागेसम्म व्यक्तिलाई काम कारबाहीमा रोक लगाइन्छ भने उसले पाइरहेको तलबमा आधा कटौती गरिन्छ ।