मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा

Newslaya Home

मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा

मङ्गलबार २९, भदौ २०७८

मोरङ । नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ सांसदले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

समाजवादीले सोमबार प्रदेशसभा सचिवालयमा समर्थन फिर्ता लिएको निवेदन दर्ता गराएको हो । एकीकृत समाजवादीले संसदीय दलको नेतामा राजेन्द्रकुमार राईलाई पनि सोमबार नै चयन गरेको छ ।

आयोगले एमालेका १० जना प्रदेश सांसदको सूचीसहितको पत्र आइतबार प्रदेशसभा सचिवालयमा पठाएर जानकारी गराएको छ । एकीकृत समाजवादीमा गएका प्रदेश सांसदमा राजेन्द्रकुमार, राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार, खिनु लङ्बा लिम्बू, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, सावित्राकुमारी र उपेन्द्र घिमिरे रहेको आयोगका शाखा अधिकृत नवराज विष्टले प्रदेशसभा सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ ।

उनीहरूमध्ये गुरुङ, चौधरी, थापा, रेग्मी र कृष्णकुमारी समानुपातिक प्रदेश सांसद हुन् भने राजेन्द्रकुमार भोजपुरको निर्वाचन क्षेत्र १(क), राजन खोटाङको १(क), खिनु लङ्बा इलामको १(क), गणेश पाँचथरको १(क) र घिमिरे मोरङको निर्वाचन क्षेत्र १(ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।

निर्वाचन आयोगको पत्रले ९२ सदस्यीय प्रदेशसभामा एमालेको ५१ सदस्यसहित कायम रहेको एकल बहुमत गुमाएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले निर्वाचन आयोगबाट एमालेका १० जना सांसद समाजवादीमा गएको पत्र प्राप्त भएको बताए ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न र गठबन्धनलाई विफल पार्न ४६ सांसद आवश्यक हुन्छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १र१ जना प्रदेश सांसद छन् ।