नुहाउन गएका प्रहरीको पोखरीमा डुबेर मृत्यु

Newslaya Home

नुहाउन गएका प्रहरीको पोखरीमा डुबेर मृत्यु

मङ्गलबार २९, भदौ २०७८

झापा । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

नुहाउन गएका उनको अवध राजवंशीसहित ८ जनाको लगानीमा बनाइएको माछा पोखरीमा सोमबार पोखरीमा डुबेर मृत्यु भएको हो ।

गिरी २०७३ साल भदौ १५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।