आईसिसी विश्‍वकप लिगमा नेपालले अमेरिकालाई हरायो

Newslaya Home

आईसिसी विश्‍वकप लिगमा नेपालले अमेरिकालाई हरायो

मङ्गलबार २९, भदौ २०७८

काठमाडौँ । नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । आईसिसी विश्‍वकप लिग २ अन्तर्गत नेपाल र अमेरिकाबीच सोमबार ओमानमा भएको खेलमा अमेरिका पराजित भएको हो ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित ८४ रन जोड्न सफल भएका थिए ।

उनीसँगै रोहित कुमार पौडेलले पनि अर्धशतक प्रहार गरेका थिए । पौडेलले ८७ बलमा २ चौका र ३ छक्का सहित नटआउट ६२ रन जोडेका थिए । यस्तै विनोद भण्डारीले ४८ बलमा २ चौका र १ छक्का सहित ३७ रन जोडेका थिए ।