झिनो अंकले बढ्यो नेप्से

Newslaya Home

झिनो अंकले बढ्यो नेप्से

सोमबार २८, भदौ २०७८

काठमाडौं । सोमबार(आज) शेयर बजार झिनो अंकले बढेको छ ।

आज कारोबारको अन्तिम समयसम्ममा नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ विन्दुमा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ ।

कूल २२६ वटा कम्पनीको एक करोड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार एक सय ५५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।

सोमबार पनि अरूण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६१ करोड ९३ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

मनकामना लघुवित्त र सानिमा लाइफको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।