राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपीओ निष्कासन गर्ने

Newslaya Home

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपीओ निष्कासन गर्ने

सोमबार २८, भदौ २०७८

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन माग गर्दै कम्पनी धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको लागि २९ करोड ४१ लख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता शेयर निष्कासनको लागि अनुमति माग गरेको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्ती नाथ क्यापिटल रहेको छ ।