बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

Newslaya Home

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

आइतबार २७, भदौ २०७८

काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले गोलरहित बराबरी खेलेको छ ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो । दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा २(१ गोलको जित निकालेको थियो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो ।

एएफसी महिला एसियन कप–२०२२ छनोट उजेकिस्तानमा हुनेछ ।