७१ अंकले बढ्यो सेयर बजार

Newslaya Home

७१ अंकले बढ्यो सेयर बजार

आइतबार २७, भदौ २०७८

काठमाण्डौ । आइतबार(आज) सेयर बजारको परिसूचक नेप्से ७१.४ अंकले बढेको छ। यो वृद्धिसँगै परिसूचक २९४७ अंकमा कायम भएको छ।

आज कुल ९ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आज म्युचुअल फण्डबाहेक सबै समूहमा हरियाली छाएको छ।

बैंकिङ २४, विकास बैंक २७३, फाइनान्स ११४, होटल तथा पर्यटन ७७, जलविद्युत २१३, लगानी २, जीवन बीमा २९७, उत्पादन २९९, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा ४२४, अन्य १८ र ब्यापार समूह ४२ अंकले बढे।

१७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।

आज १ दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ।