घट्यो सुनको मुल्य

Newslaya Home

घट्यो सुनको मुल्य

आइतबार २७, भदौ २०७८

काठमाडौँ । आइतबार(आज) सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

गत साता शुक्रबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४०० रुपैयाँ घटेर ९० हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ । शुक्रबार एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदीको आज आइतबार एक हजार १९५ रुपैयाँमा कारोबार हुनेछ ।