नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

Newslaya Home

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

आइतबार २७, भदौ २०७८

काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई २-१ गोलअन्तरले हराएको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ। नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ।

खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। टिकट शुल्क २०० र ५०० तोकिएको छ। खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ।

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलबार काठमाडौं आइपुगेको थियो।

दुबै टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छन्। उज्बेकिस्तानमा हुने खेलमा नेपालले समूह एफमा हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बंगलादेश समूह जी मा रहेको छ। बंगलादेश रहेको समूहमा जोर्डन र इरान रहेका छन्।