इलामका जिसस सदस्य मगरको कोरोना संक्रमणबाट मृत्यु

Newslaya Home

इलामका जिसस सदस्य मगरको कोरोना संक्रमणबाट मृत्यु

शनिबार २६, भदौ २०७८

झापा । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको शनिबार(आज ) बिहान निधन भएको छ ।

बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना भएका मगरको आज बिहान निधन भएको इलाम जिल्ला समन्वय समितिले जनाएको छ ।

एक साताअघि कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

दक्षिणी इलामको रोङ गाउँपालिका–४ का उनी नेकपा (एमाले) इलामको सचिवालय सदस्य थिए ।