गायक राजु चौधरीको निधन

Newslaya Home

गायक राजु चौधरीको निधन

शुक्रबार २५, भदौ २०७८

झापा । गायक राजु चौधरीको निधन भएको छ।

रक्त क्यान्सरबाट पीडित राजुको भारतको दिल्लीमा उपचारका क्रममा निधन भएको उनको उपचारमा खटिएका ‘द स्याडोज नेपाल’ का स्वप्नील शर्माले जानकारी दिएका छन्।

राजु झापाको बिर्तामोडवासी हुन्। उनको शुक्रबार निधन भएको शर्माले जानकारी गराएका हुन्। राजुको उपचारका लागि आर्थिक सहायता संकलनका लागि उनले नेतृत्व लिएका थिए।

राजुको नाममा अब कुनै पनि आर्थिक सहायता संकलन नगरिदिन शर्माले आग्रह गरेका छन्।