यूएईमा विदेशीलाई अब सहज भिसा

Newslaya Home

यूएईमा विदेशीलाई अब सहज भिसा

शुक्रबार २५, भदौ २०७८

काठमाडौं । यूनाइटेड अरब इमिरेट्स (यूएई) ले विदेशीलाई दिने भिसा प्रक्रिया सरल र सहज पारेको छ । त्यहाँ विदेशी कामदार तथा उच्चदक्ष जनशक्तिको आवश्यकता बढेपछि उक्त प्रक्रिया सहज पारेको हो ।

यूएईमा शुरू गर्न लागिएको ५० वटा नयाँ योजनामा काम गर्ने विदेशी जनशक्तिको भिसासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको हो । उस्ले तोकिएका प्राजेक्टमा काम गर्न जानेहरूलाई प्रदान गर्ने भिसालाई ‘गोल्डेन भिसावाह’को श्रेणीमा राखेको छ ।

उनीहरूले स्थानीय स्पोन्सर बिना नै बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने छन् । नयाँ नियमले यूएईमा कारणबस जागिर गुमेको खण्डमा वा भिसाको म्याद सकिएको अवस्थामा तीन महिनासम्म बस्न सकिने भएको छ ।

पहिले त्यस्तालाई एक महिना मात्र यूएईमा बस्न दिने व्यवस्था थियोे ।