अभिनेता अक्षय कुमारलाई मातृशोक

Newslaya Home

अभिनेता अक्षय कुमारलाई मातृशोक

बुधबार २३, भदौ २०७८

काठमाण्डौ । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयले ट्वीटर र इन्स्टाग्राम एकाउण्टमार्फत आमा अरुणा भाटियाको निधन भएको जानकारी दिएका छन् ।

अभिनेताकी आमा केही दिनदेखि अस्वस्थ भएपछि उनी आइसियूमा उपचाररत थिइन् । अक्षयले मंगलबार इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै आमाका लागि केही घण्टा नाजुक रहेको र फ्यानलाई प्रार्थना गर्न आग्रह गरेका थिए ।

अक्षयको आमालाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । यहीकारण लण्डनमा सुटिङ भइरहेको फिल्म ‘सिण्डरेला’को काम छोडेर अक्षय मुम्बई आएका थिए ।